माछापूच्छ्रे ९ वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

पाेखरा | असोज २१, २०८०

माछापूच्छ्रे ९ वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

पोखरा:     कास्कीको माछापूच्छ्रे गाउँपालिका वडा नम्बर ९ ले वडा कार्यालयबाट प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम वितरण गरेको छ ।  


मुक्तिनाथ बिकास बैंक हेम्जा शाखा र माछापूच्छ्रे गाँउपालिकाको समन्वयमा आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिएको वडा ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । उनले वडामा सामाजिक सुरक्षा भत्ता रकम लाभग्राही २ सय ८४ जना मध्ये १ सय ५० जनालाई वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताए । 


‘चाडपर्वलाई लक्षित गरि त्रैमासिक  अगावै वितरण गरेको रकमले लाभग्राहिरु निकै उत्साहित हुनुहुन्छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘वडा कार्यालयबाट सुरक्षा भत्ता वितरण गर्दा ग्रामीण भेगका स्थानीयहरुलाई धेरै सहज भएको छ ।’


सरकारले प्रत्येक ३/३ महिना पूरा भए पछि चौथो महिनाको पहिलो हप्ता भित्र लाभग्राहिले पाउने गरि बैकले वितरण गर्दै आएको छ । 

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्